Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

बलिउड अभिनेत्री माधुरी दीक्षितकी आमाको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २८
बलिउड अभिनेत्री माधुरी दीक्षितकी आमाको निधन

काठमाडौँ । बलिउड अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ। आइतबार बिहान उनकी आमा स्नेहलता दीक्षितको मृत्यु भएको हो। उनी ९१ वर्षकी थिइन्। माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका हुन्। ‘हाम्री प्यारी आमा स्नेहलता दीक्षित, आज बिहान आफ्नो नजिकका आफन्तबीच शान्तिसँग स्वर्गबास भएकी छन्,’ उनले लेखेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार उनको अन्तिम संस्कार दिउँसो ३ बजे गरिनेछ।

Top Changing Nepal

युट्युब सट्स