Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेचर ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १३
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेचर ?

काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स