Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

अर्कैको नामबाट एसइई दिने नक्कली विद्यार्थी मोरङबाट पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २२
अर्कैको नामबाट एसइई दिने नक्कली विद्यार्थी मोरङबाट पक्राउ

काठमाडौं । अर्कैको नामबाट एसइई दिदै गर्दा मोरङमा एक व्यक्ति पक्राउ परेका छन् ।प्रहरीले बुधबार विज्ञान विषयको परीक्षा दिने क्रममा मोरङको ग्रामथान गाउँपालिका (२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको हो ।

अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उपमहानगरपालिका वडा नं( ५ की २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले बताए । उनले कल्पना लिम्बूको नामको परीक्षा दिइरहेकी थिइन् । अर्कैको नामको परीक्षा दिईरहेको अवस्थामा यसअघि रौतहट र खोटाङबाट एक(एक नक्कली परीक्षाथीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स