Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

अमेरिकामा आँधी, पाँच जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २३
अमेरिकामा आँधी, पाँच जनाको मृत्यु

काठमाडौँ । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ। आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ।

देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हालसम्म ६३ जनाले ज्यान गुमाएका छन्। बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन् भने विद्युत् आपूर्तिमा अवरोध भएको छ। प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन्।

राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताए। उनले राष्ट्रपति जो बाइडेनबाट संघीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिए।

Top Changing Nepal

युट्युब सट्स