रबिको पत्रकार सम्मेलन २ बजे
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बुधबार आज २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्।
पार्टीको २ बजे केन्द्रीय समिति बैठक बस्ने र बैठकपछि सभापति लामिछानेले पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्ने भएका हुन्।
रास्वपाका समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठ पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि दुई करोड मागेको अडियो बाहिरिएपछि पार्टी उनलाई निलम्बन गर्दै छानबिन गरेको थियो।
पार्टीले श्रेष्ठमाथि अनुसन्धानका लागि अनुशासन समितिलाई ७२ घन्टे स्पष्टीकरण समयसीमा दिएको थियो। सोही अनुरुप अनुशासन समितिले श्रेष्ठमाथि मंगलबार करिब १ घण्टा बयानपनि लिएको थियो।
बयानपछि समितिले हिजो नै प्रतिवेदन केन्द्रीय समितिलाई बुझाएको थियो। आजको पत्रकार सम्मेलनमा केन्द्रीय समितिले श्रेष्ठमाथि गरेको निर्णय सार्वजनिक गर्ने बताइएको छ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

