संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने तीन दलबीच सहमति
काठमाडौँ । संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तीन दलबीच सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सहमति भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेको र उक्त प्रस्तावमा ओलीले सहमति जनाएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गर्नुभयो । प्रधानमन्त्रीले कांग्रेस सभापति र प्रमुख प्रतिपक्षी दलका नेताबीच व्यापक छलफल भएको छ । संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको छ ।’ उनले चाँडै प्रधानमन्त्रीले संवैधानिक परिषद बैठक बोलाउने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने बताए ।
सगैँ एमाले सचेतक महेश वर्तौलाले ‘कम्तिमा पनि ठुला दलको बीचमा राष्ट्रका मुद्दामा सहमति जुटाउनुपर्छ भन्ने एमालेको भनाई छ । कानुन बनाउने सन्दर्भमा हामीले सहयोग गर्छौ भनेका छौ । आजको सहमतिअनुसार सर्वोच्चले अब चाँडै नेतृत्व पाउँछ’,उनको भनाइ छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा निलम्बनमा परेपछि सर्वोच्च अदालत १४ महिनादेखि कामु प्रधानन्यायाधीशको नेतृत्वमा छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

