ओलीको नजरमा रविको पार्टी : ‘पपुलिष्ट’, प्रश्न गर्ने तर समाधान गर्न नसक्ने
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ‘पपुलिष्ट’ भएको उल्लेख गरेका छन्।
एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजीनितिक प्रतिवेदनमा रास्वपालाई ‘प्रियतावादी’ अर्थात् ‘पपुलिष्ट’ भएको र यो दल राजनीतिक अस्थिरताको कारक बन्ने र यसले देशका समस्याहरुको समाधान दिन नसक्ने उल्लेख गरेका छन्।
‘प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति, संविधानका आधारभूत विषयमै विमति राख्ने पक्षहरुको उल्लेख्य उपस्थिति र प्रियतावादी (पपुलिष्ट) शक्तिको उदयजस्ता परिघटनाले आगामी दिनमा राजनीति अस्थिरता र अनिश्चय झन् बढ्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
दस्तावेजमा सो पार्टीको नाम नलिई उनले उल्लेख गरेका छन्, ‘निर्वाचनमा प्रियतावादी (पपुलिष्ट) शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय परिघटनाका रुपमा रहेका छन्। खासगरी युवा मतदाताहरु, शहरी जनमत र प्रवासी नेपालीहरुका बीचमा पपुलिज्मले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरुप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ।’
सो पार्टीले देशको समस्या समाधान गर्न नसक्ने बताउँदै उनले लेखेका छन्,‘पपुलिष्टको सीमा के हो भने उसले मौजुदा समस्या र कमजोरीहरुलाई उजागर गर्न सक्छ, प्रश्न खडा गर्न सक्छ र जनअसन्तुष्टिहरुलाई राम्रैसँग प्रयोग गर्न सक्छ तर समाधानका विकल्प दिन सक्दैन।’
‘हाम्रोजस्तो समाजमा जनअसन्तुष्टिलाई उपयोग गर्न सजिलो छ। तर, सही दर्शन र विचारधारा नभएको। अर्थ राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्नो स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीतिक विकल्प भने हुन सक्दैन,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

