काठमाडौं उपत्यकामा घट्यो गाडीभाडा, १० किलोमिटरसम्मको यात्रा गर्दा २५ रुपैयाँ
जानकारी केन्द्र
२०८०, जेष्ठ, १२
काठमाडौँ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा घटेको छ । ५ किलोमिटरसम्मको न्यूनतम भाडामा १ रुपैयाँ घटेको हो । काठमाडौं उपत्यकामा छोटो दूरीको भाडा अब १९ रुपैयाँ भएको छ। हाल २० रुपैयाँ छ ।
सरकारले भाडा १ रुपैयाँ घटाए पनि कार्यन्वयन हुनेमा भने आशंका गरिएको छ । १० किलोमिटरसम्मको यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ रुपैयाँ, २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तोकिएको छ।
काठमाडौं उपत्यकाबाट बागमती प्रदेशभित्र सञ्चालन हुने यातायातमा ४.१८ प्रतिशतले भाडा घटाउने निर्णय भएको छ । उक्त भाडादरमा यात्रुले १५ केजीसम्म सामान निस्शुल्क र सोभन्दा बढी १० केजीसम्म प्रतिकेजी ५ का दरले भाडा लिन पाउने भएका छन् ।
मालबाहक सवारी साधनको हकमा भने ५.६९ प्रतिशतले कम लिनुपर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।
सम्बन्धित समाचार
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

