रोनाल्डोको नयाँ कीर्तिमानी, यो सिजनमा मात्रै ११ गोल
रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले फेरी अर्को नयाँ कीर्तिमानी चुमेका छन् । च्याम्पियन्स लिगको समुह ए अन्तर्गत मंगलबार राति माल्मो एफएफसँगको खेलमा चार गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको समुह चरण १० भन्दा धेरै गोल गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् ।
रियल मड्रिडको ८–० को जितमा रोनाल्डोले मंगलबारको खेलमा मात्र चार गोल गरेका छन् । रोनाल्डोले च्याम्पियन्स लिगको यो सिजनमा मात्रै ११ गोल गरिसकेका छन् । योसँगै रोनाल्डोले च्याम्पियन्स लिगको लगातार पाँच सिजनमा दोहोरो अंकमा गोल गर्ने खेलाडी पनि बनेका छन् । उनी च्याम्पियन्स लिगको एक खेलमै चार गोल गर्ने रियल मड्रिडको पहिलो खेलाडी पनि बनेका छन् । मंगलबारको खेलमा उनले ४७, ५० र ५७ औं मिनेटमा गोल गरी १२ मिनेटमा ह्याट्रिक गरेका थिए । सन् २०११ मा सात मिनेट भित्रमा ह्याट्रिक पुरा गरेका गोमिस च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी हुन् । अहिले सम्मकै सर्वाधिक गोलकर्ता रोनाल्डोले ८८ गोल गरिसकेका छन् ।
११ गोलको क्रितिमानीमा रोनाल्डो रहेसंगै उनलाई पछ्याउने खेलाडीमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, जेनिट सेन्ट पिटर्सबर्गका अर्टायोम ज्युबा, बार्यन म्युनिखका थोमस मुलर र बार्सिलोनाका लुइस स्वारेज छन् उनीहरुले पाँच गोल गरेका छन् । उनीहरुले भन्दा रोनाल्डोले ६ गोल बढी गरेर यो सिजनमा च्याम्पियन बनेका छन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


