ठगी गर्ने सहकारी संचालक लाइ प्रहरीले यसरी पक्राउ गर्यो- जानकारी केन्द्र
ठगी मुद्धामा फरार रहेका मकवानपुर दामन गाविस–७ स्थायी वतन भई काठमाडौँ अनामनगर डेरा गरी बस्ने ३० बर्षीय मिन बहादुर बस्नेतलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतको २०७१ जेठ २७ को फैसला अनुसार ३२ लाख ९३ हजार ८ सय २४ जरिवाना र ३ बर्ष कैद सजाय हुने ठहर भई फरार रहेका बस्नेतलाई पक्राउ गरी प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतको आदेश बमोजिम कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।
मकवानपुर जिल्ला दामन गाविस–५ स्थित पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको उपाध्यक्ष रहेका बस्नेत समेतले २०६२ साल देखि विभिन्न प्रलोभनहरु देखाई १ हजार १ जना सर्वसाधारणबाट बचत भएको ३ करोड ६२ लाख ३२ हजार ६६ रुपैयाँ ठगी गरेका थिए ।
संचालकहरुले सहकारी ऐन, नियम बिपरीत नियमित लेखापरिक्षण समेतको कार्य नगरी सर्वसाधारण बचतकर्ताहरुले बचत गरेको रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको थियो । त्यस्तै यस अघि सोही मुद्दाका प्रतिबादीहरु मध्ये तुलसी कुमारी बस्नेतलाई २०७२ असार ७ गते अनामनगरबाट र हरि बस्नेतलाई २०७२ असार ८ गते नयाँ नैकापबाट प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


