के कारणले हुन्छ नाक, कान, घाँटीमा समस्या ?
नाक, कान, घाँटीमा हुने समस्या जन्मजात पनि हुनसक्छ र जन्मिसकेपछि यी समस्याहरु विकास हुँदै जानेपनि हुनसक्छ । जन्मजातै सबै रोग भन्ने हुँदैन तर जन्मजात पछि आउने रोगहरुपनि दुवै प्रकारका हुन्छन् । यी भागहरुमा समस्या हाम्रो वरपरको वातावरण र हाम्रो क्रियाकलापले पनि देखिन सक्छ । हामीले सधैं हाम्रो वरपरको वातावरण सफा गर्ने, आफ्नो स्वास्थ्यमा ध्यान दिने, जथाभावी औषधीको प्रयोग गर्नुहुँदैन । वायु प्रदुषणको कारणले हाम्रो शरीरलाई अनेक रोगहरू लाग्न सक्छ । आज हामी केही यस्तो कारणहरुको बारेमा बताउँछौ–जसले नाक, कान, घाँटीलाई असर पारेका हुन्छन् ।
नाक
हाम्रो शरीरलाई सबैभन्दा बढि असर पार्ने भनेको नै नाकले हो । नाकबाट हामीले अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने गर्दछौं । त्यसैले अक्सिजन लिने क्रममा कतिपय अवस्थामा हामीले दुषित हावा, धुलो, धँुवा र फोहोरमैला जम्मा भएको ठाउँबाट अक्सिजन लिने गरेका छौं । जसको कारणले हामीलाई एलर्जी वा क्राइनेटिस हुने गर्दछ । यसले गर्दा एलर्जीमात्र हुनसक्छ भने हाछ्यँु आउने, नाक बन्द हुने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, नाकबाट रगत बग्ने, नाकको हड्डी बाङ्गो हुने यी सबै रोगहरु हुन्छन् । बच्चाहरुलाई एलर्जी क्राइनेटिसको कारणले नाकको पछाडि एडोनोइड ग्लान्ड हुन्छ । जुन पछि ठुलो भएर नाकबाट श्वाँस फेर्न नसक्ने, सुतेको बेला घुर्ने, मुखबाट श्वाँस फेर्ने समस्या हुनसक्छ।
सुतेको समयमा यदि एक्कासी नाक बन्द भयो भने हामीले मुखबाट श्वाँस फेर्नुपर्ने हुन्छ र घुर्ने गर्दछौं । कहिलेकाही घुर्नु सामान्य मानिएतापनि बारम्बार घुर्नु राम्रो हुँदैन । हामीले मुखबाट श्वाँस फेर्दा मुख वा घाँटी सुख्खा हुने, घाँटीमा केही अड्किएजस्तो हुने र लामो समयसम्म घुर्दै गयौं भने विस्तारै मुटुलाई समेत असर पार्ने गर्दछ । घुर्ने समस्यापनि ठुलो समस्या हो । त्यसैले यसलाई सामान्य मान्नुहुँदैन र बेलैमा चेकजाँच गर्नु जरुरी हुन्छ । नाकमा देखिने समस्यालाई हामीहरुले सामान्य मान्नुहुँदैन र समयमै यसको उपचार गर्नुपर्दछ ।
कान
कानमा देखिने सबैभन्दा ठुलो समस्या भनेको नै कान नसुन्नु हो । बहिरोपन रोग जन्मजात पनि हुनसक्छ भने पछि गएर कानमा विभिन्न रोगहरू लागेर हुने गर्दछ । अर्को समस्या भनेको कान पाक्ने समस्या धेरैमा हुन्छ । कहिलेकाहीँ कान पाक्दापाक्दै त्यो इन्फेक्शन हाम्रो दिमागसम्म जान सक्छ र खतरनाक रोग लाग्न सक्छ । त्यसैले कान पाक्ने समस्या सामान्य मान्नुहुँदैन । कान पाकेपछि जाली फुट्ने, जाली भित्र पस्ने जस्तो समस्या देखिन्छ । नाक र कानको पछाडिको भागमा एउटा ट्युब हुन्छ । त्यो ट्युब बन्द हुनेबित्तिकै वा त्यसले कुनै काम गर्न सकेन भने कानमा रोग लाग्छ । त्यो गर्न नदिने भनेको एउटा कारण नाक पनि हो । त्यसैले नाक र कानको रोग एक–आपसमा सम्बन्धित हुन्छ ।
बच्चाहरुको नाकको पछाडिको भागमा जुन एडोनोइड हुन्छ । जसले बारम्बार इन्फेक्शन हुने, ठुलो हुने गर्दछ भने हाम्रो ट्युबले काम गर्दैन र कानको भित्र रोगहरू लाग्छ । त्यहीनै एउटा कारण हो जुन बच्चाहरुको कान पाक्ने गर्दछ । यसलाई समयमै उपचार गरेमा छिटै निको हुने गर्दछ । तर, धेरै समयसम्म कान पाक्ने, उपचार गरेपनि निको नहुने समस्याले सधैंको लागि कानको जाली फुट्ने गर्दछ र अप्रेशन गर्नुपर्ने अवस्था आउदछ । कानको जाली नफुटी भित्रभित्रै छिर्दै गयो र हड्डी खाने रोग लाग्यो भने दिमागसम्म असर गर्दै जान्छ । यस्तो समस्या देखिएमा हामीले कानमा अनावश्यक औषधी हाल्ने, तेल हाल्ने, पानी पार्नुहुँदैन र कान पाकेको समस्यालाई सामान्य रूपमा लिनुहुँदैन । तत्कालै यो रोग देखिनासाथ चिकित्सकलाई देखाई परामर्श लिनुपर्दछ । यो कान पाक्ने समस्या कानको जाली नटालुञ्जेलसम्म कानमा तेल वा पानी पार्नुहुँदैन ।
घाँटी
घाँटी बारम्बार चिलाउने, टनशिल हुने, घाँटीमा केही अड्केजस्तो हुने समस्याहरु एलर्जी र ग्याँष्ट्रिकको समस्याले हुने गर्छ । घाँटीको ठुलो समस्या भनेको आवाज भाँसिने र घाँटीको क्यान्सर हुने गर्दछ । यदि घाँटी भासिने समस्या धेरै समयसम्म पनि निको भएको छैन भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । अहिले बढि मात्रामा थाइरोइड हुने र यसले क्यान्सरलाई समेत निम्त्याउने गर्दछ । सामान्य भाइरल इन्फेक्शनमा पनि घाँटी दुख्ने समस्या हुन्छ । त्यसमाथि इन्फेक्शन बढ्दै गयो भने टनशिल र थेरिन्जाइटिस हुनसक्छ । धुम्रपान बढि गर्नाले पनि घाँटीको क्यान्सर हुने गर्दछ । सामान्य रुघाखोकी लाग्दा स्वर सुक्नेजस्तो समस्या पनि देखिन्छ । यस्तो समस्या एक हप्ताभित्रमा ठिक हुन्छ र यदि त्यो समस्या समयमै ठिक भएन भने चेकजाँच गर्नुपर्दछ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


