हचुवाको भरमा सरकारी तलब दिन सकिँदैन : प्याब्सन अध्यक्ष ढुंगाना
काठमाडौं । निजी तथा आवासीय विद्यालय, नेपाल (प्याब्सन) का अध्यक्ष डीके ढुंगानाले काठमाडौं महानगरपालिकाले हचुवाको भरमा गरेको निर्देशन पालना गर्न नसकिने बताएका छन् । कामपाका मेयर बालेन्द्र साहले चार दिनअघि निजी विद्यालयका शिक्षकलाई सरकारी विद्यालयका शिक्षकसरह तलबसुविधा उपलब्ध गराउन निर्देशन दिएका थिए।
सो निर्देशनपछि आक्रोशित बनेको प्याब्सनले आज आइतबार सचिवालय बैठक डाकेको छ । दिउँसो १ बजे सचिवालय बैठक बसेलगत्तै अर्को बैठक बस्नेगरी ३ बजे उपत्यकाका एक महानगरसहित करिब १५ नगरकमिटीका पदाधिकारीको बैठक बोलाइएको छ ।
बैठकमा कामपाले गरेको निर्देशन र अन्य स्थानीय तहमा पर्ने असरको बारेमा छलफल गरिनुका साथै संस्थागत, गुठी र सहकारीले सञ्चालन गरेका विद्यालयको अवस्थाबारे तथ्याङ्कसहितको जानकारी लिइने बताइएको छ । प्याब्सन अध्यक्ष ढुंगानाले दिएको जानकारीअनुसार उपत्यकामा सञ्चालित सबै विद्यालयको अवस्था र शुल्कको बारेमा जानकारी लिने र त्यसपछि रायको आधारमा थप कार्यक्रम अघि बढाउने विषयमा छलफल हुनेछ ।
हाल कामपाले मात्र निजी विद्यालयका शिक्षकलाई सरकारीसरह तलब उपलब्ध गराउन निर्देशन दिएको छ । तर, अन्य स्थानीय तहले पनि सोही निर्णय गर्नसक्ने भय प्याब्सनलाई छ । स्थानीय तहले भन्दा पनि शिक्षकले नै सरकारीसरह तलबसुविधा मागेर आन्दोलन गर्नसक्ने अवस्था आउनसक्ने भन्दै प्याब्सनले त्यस विषयमा रणनीति बनाउन बैठक डाकेको हो ।
अध्यक्ष ढुंगानाले भने– ‘सबै स्थानीय कमिटीका पदाधिकारीहरूको राय सुनौं, त्यसपछि बाँकी कार्यक्रम अघि सार्नेछौं । ५ वर्षदेखि शुल्क नबढाउने अनि एकाएक सरकारी तलब उपलब्ध गर भन्नु स्थानीय तहको मनपरी हो’ । मासिक २ हजार शुल्क लिएर सञ्चालन भएका विद्यालयले कसरी ६८ हजार तलब दिन सक्छ भन्ने उनको प्रश्न थियो । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

