Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २४
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

काठमाडौं । विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी परेका छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाएर बिरामी परेका हुन्।

उनीहरुको डडेल्धुरा अस्पताल अस्पतालमा उपचार भईरहेको छ । शनिबार राति उनीहरुलाई डडेल्धुरा ल्याइएको हो।

डोटी प्रहरीका अनुसार १८ वर्षिय अनमोल दुरा, आशु बोगटी, ६० वर्षीया गंगा दुरा, १४ वर्षीया एलिजा दुरा, १० वर्षीया मीना बोगटी, सुनिल खड्का, शकुन्तला खड्का, निशा बोगटी र वर्मा देवल विषालु च्याउ खाएर बिरामी परेका हुन्। दुई जनाको परिचय खुलेको छैन।

Top Changing Nepal

युट्युब सट्स