एक महिलाद्वारा आफ्नै तीन छोराछोरीलाई गोली हानी गरीन आत्महत्या
एजेन्सी । अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेपछि आफूले पनि आत्महत्या गरेकी छन् । ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोरीको हत्या गरेकी हुन् ।
ती बच्चाहरूको उमेर १०, ६ र ११ वर्ष थियो । ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो । ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन् । ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन (ओएसबीआई) टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
फक्स न्युजका अनुसार घटना बिहिबारको हो । प्रहरी टोली त्यहाँ गस्तीमा थियो । त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए । त्यतिबेला दिउँसो करिब चार बजेको थियो ।
घटना भएकै बेला प्रहरी स्थलमा पुगेको थियो । जहाँ महिला कराएको आवाज प्रहरीले सुनेका फक्स न्युजले लेखेको छ । घर बाहिर बार लगाइएको थियो । ती महिलाको हातमा बन्दुक थियो ।
प्रहरीले महिलासँग कुरा गर्न पनि खोजेको समाचारमा जनाइएको छ । त्यसपछि प्रहरीले घर घेरा हालेको थियो । यस क्रममा प्रहरीको क्विक रेस्पोन्स टोली पनि उपस्थित भइसकेको थियो । प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनाको कारण खुलाउन सकेको छैन ।
सम्बन्धित समाचार
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

