बाँदर आतंकले गाउँ नै छाडेर जाँदै स्थानीय
भोजपुर । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।
मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरू हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भूभागका स्थानीयले समस्या भोग्दै आएका छन् ।
धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदा समेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानी लगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयको भनाइ छ ।
बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने अबको ८/१० वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ ।
‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ,’ स्थानीय प्रधानले भने, ‘बाँदरको समस्या धेरै नै छ । कहिले बाँदर नपुगेका ठाउँमा समेत बाँदरले अन्नबाली खाएको अवस्था छ । नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ ।’
बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । ‘बाँदरको उपद्रो बढ्दो छ,’ उनले भने, ‘१ घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ । गाउँबस्ती नै आतंकित बनेको छ ।’
रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतंक बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापित समेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ १० भन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।
अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘बाँदरको कारण बस्ती नै खाली भएको छ,’ उनले भने, ‘वर्षभरि खानको लागि लगाएको अन्नबाली छिन भरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन ।’ रासस
सम्बन्धित समाचार
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

