देउवा-प्रचण्डको दबाब थेग्न नसकेपछि कोशीका सभामुखले दिए राजीनामा
काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन । मंगलबार गौतमले उपसभामुख सिर्जना दनुवारलाई इमेलमार्फत राजीनामा पठाएको उच्च स्रोतले जनाएको छ ।
गौतम तत्कालिन प्रदेश नम्बर १ को सभामुखमा गत पुस २८ गते प्रदेश सभाबाट निर्विरोध निर्वाचित भएका थिए ।
गत असार २१ गते नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई समर्थन गरेपछि तिब्र आलोचनाको सिकार भएका गौतम सर्वोच्चले आफ्नो कदम असंवैधानिक ठहर गरेपछि दलहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै आइरहेका थिए । तर नयाँ सरकारमा दाबी गर्न बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनले उनलाई राजीनमा गराएर आजै मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ ।
कुनैपनि हालतमा राजीनामा नदिने अड्डी कसेका गौतमलाई केन्द्रीय नेतृत्वले बारम्बार राजीनामा दिन दबाब दिएपछि बाध्य भएर राजीनामा दिएको माओवादी केन्द्रका एक नेताले बताए ।
उनलाई सरकारमा मन्त्री बनाउने शर्तमा राजीनामा दिन मनाइएको गठबन्धनका नेताहरूले बताएका छन्।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९,सभामुखसहित माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

