ग्याँष्ट्रिक भएर पीडित हुनुहुन्छ ? गाँजरलगायत यी खानेकुरा खानुहोस
ग्याँष्ट्रिक भनेको नेपालीहरुमा प्रायः देखिने रोग हो । नेपालमा यो रोग धेरै मानिसमा देखिने र मानिसलाई दुःख दिने गरेको छ । यसले मानव स्वास्थ्यलाई धेरै असर पार्नुको साथै अल्सर र क्यान्सरजस्तो रोगलाई निम्त्याउन सक्छ । कतिपय समयमा हामिले खाने खानेकुराले नै ग्याष्ट्रिकको समस्या उत्पन्न हुने गर्दछ ।
हामीले खाएको खानाले हाम्रो आमाशयको लाईनलाई असर पार्न सक्छ । जसले धेरै समस्याहरु हुने गर्दछ । खाएको खाना पच्न नसक्ने, बढि चिल्लो, पिरो र बासी खाना खानाले हाम्रो पेटभित्र समस्या आउने गर्दछ । खानाले नै हाम्रो स्वास्थ्यलाई नराम्रो असर पार्न सक्छ । त्यसैले हामीले ग्याँष्ट्रिक भएको बेलामा के–के खानेकुराहरु खान हुन्छ/हुँदैन भन्ने कुराको जानकारी हुन जरुरी हुन्छ ।
१. ग्याँष्ट्रिक भएका व्यक्तिले फ्याट कम र फाइबर बढी भएको खानेकुराहरु खानुपर्दछ ।
२. खैरो चामल, मकै, गहुँ, कोदो, हरियो तरकारीहरु खान सकिन्छ ।
३. साइट्रेक एसिड कम भएको फलफुलहरु स्याउ, नास्पती, गाँजर वा अन्य खानेकुरा खान सकिन्छ ।
४. एन्टि–अक्सिडेन्ट भएको अदुवा, लसुनलाई खानामा मिसाएर खान सकिन्छ वा लसुनलाई चपाएर खान सकिन्छ ।
५. हाम्रो शरीरको लागि चाहिने प्रो-बायोटिक्स भएको दही, मही र प्रशस्त मात्रामा पानी पिउनुपर्दछ ।
६. स्वास्थ्यलाई हानी पु¥याउने खानेकुरा वा मादक पदार्थ सेवन गर्नुहुँदैन ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

