Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

स्वास्थ्य राम्रो भएपछि सक्रिय हुँदै राष्ट्रपति पौडेल, छिट्टै सर्वदलीय बैठक बोलाउने तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, ३२
स्वास्थ्य राम्रो भएपछि सक्रिय हुँदै राष्ट्रपति पौडेल, छिट्टै सर्वदलीय बैठक बोलाउने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएपछि विस्तारै सक्रियता बढेको छ । उनले यो बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले दुवै नेतासँगको भेटमा राजनीतिक गतिरोध (संसद्को अवरोध) बारे चासो राखेका थिए ।

उनले आजै साँझ वा भोलिसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेसका अरु नेताहरुसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । यसको अलावा उनले संसद्को गतिरोध अन्त्य र टिआरसी टुँगो लगाउनको लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुसँग सामूहिक छलफलको तयारी गरेका छन् ।

उनको सचिवालयले भेटघाटको लागि दलका नेताहरुसँग सम्पर्क बढाएको छ । यो बीचमा राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेटवार्ता गरिसकेका छन् । शितलनिवासमा सर्वदलीय बैठक बोलाउने तयारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स