आज श्रीकृष्ण जन्माष्टमी : यस्तो छ मन्त्र तथा पूजा गर्ने विधि
काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको मुख्य पर्व मध्ये एक मानिन्छ । यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी नक्षत्रमा जन्मनु भएका श्रीकृष्णको जन्मोत्सव नेपाल बाहेक हिन्दु धर्मालम्बि भएका देशहरुमा प्रमुखताका साथ मनाउने गरीन्छ ।
भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राती १२ बजे श्रीकृष्णको जन्म भएको थियो । जसका कारण श्रीकृष्ण जन्मअष्टमिको व्रत बिहानबाटै प्रारम्भ गर्नुपर्ने हुन्छ । ब्रत प्रारम्भ गरेदेखि दिनभर भगवान हरिको मन्त्रोउच्चारणका साथ पूजा गरी पारण गर्नुपर्दछ । मध्य रातमा श्रीकृष्णको जन्म भएको हुदा सो बेलामा पुजा गरी बिहान ब्रह्म मुहूर्तमा नुहाएर यो मन्त्र उच्चारण गर्नुपर्दछ ।
ऊं यज्ञाय योगपतये योगेश्रराय योग सम्भावय गोविंदाय नमो नमः
यसपछि श्रीहरिको यस मन्त्र उच्चारणका साथ पूजा गर्नुपर्दछ ।
ऊं यज्ञाय यज्ञेराय यज्ञपतये यज्ञ सम्भवाय गोविंददाय नमों नम :
त्यसपछि श्रीकृष्ण मुर्तिलाई पाल्किमा विराजमान गरी यस मन्त्रको उच्चारण गरी भगवानलाई निदाउन प्रेरीत गर्नुपर्दछ ।
विश्राय विश्रेक्षाय विश्रपले विश्र सम्भावाय गोविंदाय नमों नमः
यसरी श्रीहरिलाई शयन गराएर पूजाको मन्डप तयार गरी श्रीकृष्णका साथमा रोहिणी र चन्द्रमाको समेत पूजा गर्नुपर्दछ । त्यसपछि शंखको माध्यममले चन्दन युक्त जललाई यो मन्त्र उच्चारण गर्दै अर्पण गर्नुपर्दछ ।
श्री रोदार्णवसम्भुत अनिनेत्रसमुद्धव । ग्रहाणार्ध्य शशाककेश रोहिणा सहिते मम् ।
यसरी पुजा विधि सकेपछि भगवान श्रीकृष्णको आरती गर्नुपर्दछ । आरति पछि भगवानको नाममा जयगान गाउदै प्रसाद ग्रहण गर्नुपर्दछ । त्यसपछि पुजा विधि सकिने भएकाले ब्रतलाई खोल्न सकिन्छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

