Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

बाइकमा सवार गर्दा आफ्नै साथीले पछाडिबाट हाने गोली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, १०
बाइकमा सवार गर्दा आफ्नै साथीले पछाडिबाट हाने गोली

बारा । बाराको पचरौता नगरपालिका ६ लक्ष्मिनियामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ । लक्ष्मिनियास्थित पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।

नेपाल भारत सीमाभन्दा करिब सात सय मिटरभित्र मंगलबार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक सिंह अन्य तीन जना साथीहरूसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए ।

मोटरसाइकलमा आइरहेका बेला साथीले नै पछाडिबाट गोली प्रहार गरेका थिए । घटनालगतै चारै जना युवक मोटरसाइकलमै चढेर फरार भएका थिए । प्रहरीका अनुसार घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद भएको छ ।

Top Changing Nepal

युट्युब सट्स