विराटनगर आगलागी अपडेट : थप एक जनाको मृत्यु, घाइते ४ जनाको उपचार हुँदै
काठमाडौँ । बुधबार विराटनगर–७ स्थित सातघुम्ती मोडको कवाडी गोदाममा भएको आगलागीमा परी थप एक जनाको मृत्यु भएको छ। आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको हो।
कवाडी गोदाममा आगलागी हुँदा ५ जना घाइते भएका थिए। घाइतेमध्ये विराटनगर– ६ का ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो। उद्धारकर्ताहरूका अनुसार आगलागी भइरहेको गोदामभित्र महिला चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो। ती महिलाको तत्कालै पहिचान खुल्न सकेको थिएन। मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार अनुसन्धानका क्रममा मृत अवस्था भेटिएकी महिला विराटनगर–६ की ५५ वर्षीय सुशीला पासवान भएको खुलेको छ।
घाइते ४ जनालाई थप उपचारका लागि विराटनगरबाट बुधबार साँझमा कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा विराटनगर–६ कि सुनिता कामतको बुधबार राति साढे ८ बजेतिर मृत्यु भएको बताउँदै, डिएसपी दाहालले भने, ‘तत्काल सुनितालाई सुशीला पासवान भनिएको थियो। अनुसन्धानका क्रममा सुशीलाको घटनास्थलमै मृत्यु भइसकेको रहेछ। उनी त्यहाँ आगोले जलेर चिन्न सक्ने अवस्थाकी थिइनन्।’
आगलागीमा परी घाइते विराटनगर–६ कि ६० वर्षीय रिता सरदारको अवस्था गम्भीर रहेको छ। विराटनगर–६ कै ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका– ६ कि ३० वर्षीय पिंकी कामतको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई नेपाली सेनाको एयर एम्बुलेन्समार्फत लगिएको थियो।
विराटनगर–७ सातघुम्तीमा मृतक दीपक मण्डलले आमाको नाममा दर्ता गरेर सञ्चालन गरेको अन्जुला कवाडी पसलमा आगलागी भएको हो। कर्कटपाताको छानो भएको कवाडी पसल र गोदाममा दिउँसो सवा २ बजेतिर सुरु भएको आगलागी साँझ ५ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको थियो। मृतक र घाइते कवाडी गोदामकै कामदार रहेको प्रहरीले जनाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

