दुब्लाउने चक्करमा भात नखाई बस्नुभएको त छैन ? स्वास्थ्यमा पर्छ यस्तो असर
एजेन्सी । तौल घटाउन अर्थात् दुब्लाउनका लागि मानिसहरु खानपानमा विभिन्नि किसिमका परिवर्तन ल्याउँछन्, खाना (भात) खानै छोडिदिन्छन् । सामान्यतया मानिसहरु भातले मोटोपना बढाउने सोच्छन् । के साँच्चै भातले मोटोपना बढाउँछ त ? सेलिब्रेटी पोषणविद् रुजुता दिवेकर यी भनाइलाई अस्वीकार गर्छिन् । उनले आफ्नो इन्स्टाग्राममार्फत् भातसँग जोडिएको रोजक तथ्यहरु सेयर गरेकी छिन् ।
रुजुताका अनुसार भात नखानाले शरीरमा अत्यावश्यक पोषक तत्वको कमी हुन्छ र मानिसहरु छिट्टै बिरामी पर्ने सम्भावना बढ्छ । चामल धेरै थरीका पोषक तत्वले भरिपूर्ण हुन्छ । चामलले शरीरलाई भित्रैदेखि स्वस्थ र बलियो बनाउने उनको भनाइ छ । उनका अनुसार चामल एक प्रोबायोटिक हो । यसले पेट मात्रै भर्दैन, यसले पेटमा भएको राम्रो ब्याक्टेरिया पनि बढाउँछ । भातलाई दाल, तरकारी बाहेक अन्य परिकार बनाएर पनि खान सकिन्छ ।
जब तपाईँ दाल, दही, सब्जी, मासुका साथमा भात खानुहुन्छ, भातले ब्लड सुगरलाई स्थिर राख्ने काम गर्छ । यो सजिलै पच्छ र यो खाँदा पेट पनि हलुका रहन्छ । भात खाएपछि निन्द्रा पनि राम्रोसँग लाग्छ । साथै हर्मोनको सन्तुलन पनि राम्रो हुन्छ । विशेषगरी बढ्दो उमेरका बालबालिका र युवाले भात खान जरुरी छ ।
यस्तै भात छालाका लागि पनि फाइदाजनक छ । भात खानाले कपाल पनि राम्रो हुन्छ र छिट्टै बढ्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

