चार क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले ३९६ केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बैजई थाना सम्बल जिल्लाका ४५ वर्षीय अनिल गिरी र कुटवापुर गाउँपालिकाका ३७ वर्षीय राजपाल सिंह रहेका छन् ।
उनीहरुलाई नेपाल प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको हो । भरतपुर महानगरपालिकाबाट गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
भारतीय नम्बर प्लेट (जेएच ०२ डब्लु ९६३१) को ट्रकमा मुग्लिनबाट नारायणगढतर्फ तस्करी गर्ने क्रममा प्रहरीले उक्त प्रतिबन्धित पदार्थ बरामद गरेको हो । प्रहरीले ट्रकको क्याबिनबाट २८ प्याकेट गाँजा बरामद गरेको छ ।
एसपी रामेश्वर कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

