Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २३
टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । गएराति काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा.प्र.०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Top Changing Nepal

युट्युब सट्स