उत्तर पश्चिम पाकिस्तानमा विस्फोट हुँदा छ जनाको मृत्यु, १४ व्यक्ति घाइते
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ । प्रहरीको गाडी नजिकै भएको विस्पोटमा पाँच जना प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम तथा विष्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाई विस्पोट गरिएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
सुरक्षा बलले उक्त क्षेत्रमा विषेश सुरक्षा निगरानीका साथ वरपरका क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । यद्यपी विस्फोटको जिम्मेवारी हाल सम्म कुनै समूह वा व्यक्तिले लिएको छैन ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

