नेपाल मै पहिलो पटक, ३ वर्षीय बालक को कलेजो प्रत्यारोपण
भक्तपुर । शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ कलेजो तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा नेपाल मै पहिलो पटक हेपाटोव्लास्टोमा भएको ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको छ ।
कलेजो प्रत्यारोपणमा महत्वपूर्ण सफलता हासिल गरेको केन्द्रले हाल सम्म १७ जनाको कलेजो प्रत्यारोपण गरि सकेको छ । यति मात्र नभइ शुक्रवार को प्रत्यारोपण सहित केन्द्रमा ४ दिन निरन्तर ४ वटा कलेजो प्रत्यारोपण गरिने तयारी समेत छ । वीरगन्ज, पर्साका उक्त ३ वर्षीय बालक लाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन ।
प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. पुकार चन्द्र श्रेष्ठले बताए ।
ती बालकलाई कलेजो को क्यान्सर (हेपाटोव्लास्टोमा) भएको ले नयाँ कलेजो प्रत्यारोपण गरेर ज्यान जोगाइएको हो । ‘ससाना बच्चा को प्रत्यारोपण ठूला व्यक्तिको दाँजोमा केही फरक हुन्छ’, डा.पुकारले भने–‘उनीहरूको शरीरको अंग, नशाको आकार लगायतका सबै फरक हुने भएकोले ठूलो व्यक्तिको दाँजोमा जटिल नै हुने गरेको छ ।’
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

