मिनी ट्रकसँग ठोक्किँयो मोटरसाइकल, २६ वर्षीय युवाको निधन
जानकारी केन्द्र
२०८०, माघ, १५
तनहुँ । तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं. को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र ३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेका छन् । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

