यस्तो रंगको अण्डा हुँदैन खान, लाग्न सक्छ गम्भीर रोग !
एजेन्सी । स्वादिष्ट र पोषणले भरिपूर्ण अण्डा प्रोटिनको राम्रो स्रोत मानिन्छ । तर यसलाई खानुअघि केही कुरामा ध्यान दिइएन भने तपाईँको स्वास्थ्यलाई गम्भीर असर समेत गर्न सक्छ । विज्ञका अनुसार केही अण्डामा पाइने खतरनाक ब्याक्टेरियाले मानिसलाई गम्भीर बिरामी बनाउन सक्छ । यसकारण यसलाई फ्राई गर्नु वा उसिन्नुअघि स्वस्थ छ या छैन, राम्रोसँग हेर्नुपर्छ ।
यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरले ब्याक्टेरिया भएको अण्डा पहिचान गर्ने तरिका बताएको छ । जसअनुसार यदि अण्डाको सेतो भागमा गुलाबी रंग देखिएको छ भने यसलाई फ्याँकिदिनु नै उत्तम हुन्छ । अण्डाको सामान्य रंगमा परिवर्तन स्यूडोमोनास ब्याक्टेरियाको संकेत हो । यस ब्याक्टेरियाबाट संक्रमित अण्डा खानाले तपाईँलाई फुड पोइजनिङ हुन सक्छ । साथै यस ब्याक्टेरियाले गम्भीर बिरामी पनि बनाउन सक्छ ।
यो ब्याक्टेरियाले अण्डामा हल्का हरियो रंग र पानीमा घुलनशील तरल निर्माण गर्दछ । यदि अण्डाको सेतो भागमा कुनै परिवर्तन देखिएको छ भने यसलाई नखानुहोस् । एक अध्ययन अनुसारा अण्डामा गुलाबी वा इन्द्रधनुष रंग देखियो भने यसलाई फ्याँकिदिनुहोस् । यो अण्डा स्यूडोमोनास ब्याक्टेरियाबाट संक्रमित हुन सक्छ । रंग बाहेक अर्को तरिकाबाट पनि तपाईँ स्वस्थ अण्डा पहिचान गर्न सक्नुहुन्छ ।
पोल्ट्री साइन्समा प्रकाशित एक अध्ययन अनुसार बिग्रेको अण्डा अमिलो, बासी वा फल जस्तो गन्ध आउँछ । यद्यपी अण्डाको सेतो रंग परिवर्तन सधैँ खराब हुन्छ भन्ने हुँदैन । अनुसन्धान अनुसार कयौँ पटक अण्डाको रंग कुखुराको डाइटमा पनि निर्भर हुन्छ । खाद्य प्राधिकरण विशेषज्ञका अनुसार यदि कुखुरालाई पहेँलो वा सप्तरंगी खानेकुरा मिल्छ भने पनि अण्डाको रंग गाढा पहेँलो हुन्छ ।
विज्ञका अनुसार अण्डालाई त्यही कार्टुनमा राख्नुपर्छ, जुन कार्टुनमा हामीले खरिद गर्छौँ । यसलाई फ्रिजमा राख्दा केही कुरामा ध्यान दिनुपर्छ । फ्रिजमा अण्डालाई ४५ डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । तापक्रम मिलाउँदा अण्डा बिग्रिने जोखिम कम हुन्छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


