Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पानी पिउन यो तरिका अपनाउनुहोस्, हुनेछ मिर्गौला स्वस्थ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २७
पानी पिउन यो तरिका अपनाउनुहोस्, हुनेछ मिर्गौला स्वस्थ
आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पु–याउँछ । आयुर्वेद विशेषज्ञ डा. अबरार मुल्तानीले कहिले र कति पानी पिउँदा कुन रोगबाट बच्न सकिन्छ भनी बताएका छन् ।

– दुई गिलास पानी बिहान उठ्नेबित्तिकै पिउनुस् । यसो गर्दा शरीरबाट विषाक्त पदार्थ निस्कन्छ अनि मिर्गौला स्वस्थ रहन्छ ।
– व्यायाम गर्नुभन्दा १० मिनेटअघि एक गिलास पानी पिउनुस् । ऊर्जाको मात्रा सही रहन्छ ।
– व्यायाम गरेको २० मिनेटपछि दुई गिलास पानी पिउनुस् । शरीर आर्द्र रहन्छ ।
– चिया वा कफी पिउनुभन्दा अघि एक गिलास पिउनुस् । एसिडटी हुन पाउँदैन ।
– नुहाउनुभन्दा अघि एक गिलास पानी पिउनुस् । रक्तचाप स्थिर रहन्छ ।
– खाना खानुभन्दा आधी घन्टाअघि एक गिलास पानी पिउनुस् । यसले पाचन राम्रो बनाउँछ ।
– खाना खाँदा दुई चुस्की पानी लिनुस् । खाना मज्जाले पच्छ ।
– साँझ नाश्ता गर्नुभन्दा अघि एक गिलास पानी पिउनुस् । धेरै भारी नाश्ता नगर्नुस् ।
– थकान र टेन्सन हुँदा एक गिलास पानी पिउनुस् । मानसिक आराम पाउनुहुनेछ ।
– सुत्नुअघि एक गिलास पानी पिउनुस् । हृदयघातबाट बच्नुुहुनेछ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स