गर्भावस्थाको समयमा वाकवाकी र बान्ता भए के गर्ने ?
काठमाडौँ । महिलामा गर्भ रहेको सुरुवाती समयमा नै हुने वाकवाकी र बान्ता हुन्छ, जसलाई मर्निङ सिक्नेस पनि भनिन्छ । यो समस्या प्रायजसो गर्भवती महिलालाई देखिनु सामान्य मानिने चिकित्सकहरू बताउँछन्। जुन प्राय महिलाहरूमा हुन सक्छ । अर्थात् महिलाको महिनावारी बन्द भएर वाकवाकी शुरु हुनु गर्भवतीको सुरुवाती लक्षण हो । तर, कहिलेकाहीँ पेटसम्बन्धी र अरू समस्याको कारणले पनि यस्तो हुनसक्छ ।
विभिन्न अध्ययन अनुसार ७० देखि ८० प्रतिशत गर्भवती महिलालाई यो समस्या देखिने गरेको छ । यस समस्या मुख्यतया गर्भावस्थाको पहिलो ३ महिनासम्म हुने गर्छ ।
जुन गर्भावस्थाको ६ देखि ८ हप्तामा शुरु भई १२ देखि १४ हप्तामा प्रायः महिलाहरूमा बिस्तारै कम हुँदै जान्छ । तर, कोही महिलालाई भने गर्भावस्थाको अन्तिम समयसम्म पनि हुने गर्छ ।
वाकवाकी र बान्ता हुने समस्याबाट यसरी छुटकारा पाउन सकिन्छ :
– मौसम अनुसारका तरकारी तथा फलफूलहरु प्राकृतिक रूपमा सेवन गर्ने ।
– गर्भवती महिलाले आफूलाई जुन कुराले वाकवाकी बढाउँछ, त्यसबाट सकेसम्म टाढा बस्ने, विशेषतः भान्सामा खाना पकाउँदाको गन्धले प्रायः महिलालाई वाकवाकी बढाउँछ । यस्तो समयमा महिलालाई काममा परिवारका सदस्यहरूले सहयोग गर्नुपर्छ ।
–बस्ने कोठामा पनि हावा आवतजावत हुने खालको गन्धरहित वातावरण बनाउने ।
– यो समस्या गर्भवती अवस्थाको शुरुका तीन महिनापछि बिस्तारै हराउँदै जान्छ । यसको लागि विशेष उपचार आवश्यक पर्दैन । यो समस्या कम गर्न गर्भवती महिलालाई बिहान उठ्ने बित्तिकै सुख्खा खानेकुरा, जस्तैस् बिस्कुट, टोस्ट, रोटी, चिउरा, मकै, भटमास जस्ता खानेकुरा खाएर मात्र ओछ्यानबाट निस्कनु पर्छ ।
– अदुवा, पुदिना, नुन भएको खानेकुरा खाने ।
– बिहानको समयमा झोल कुरा कम खाने । झोल कुरा बिस्तारै दिउँसो हुँदै गर्दा बढाउँदै जाने ।
– खाना खादा थोरै थोरै तर बेलाबेलामा खाने र लामो समय पेट खाली नराख्ने ।
– कार्बोहाइड्रेट र प्रोटिनको मात्रा बढी भएको खाना खाने ।
– चिल्लो कम भएको सादा खाना खाने ।
– बिहान उठ्ने बित्तिकै र खाना खाने बित्तिकै दाँत माझ्नाले वाकवाकी बढाउन सक्छ । त्यसैले खाना खाएको कम्तीमा एक घण्टापछि मात्र दाँत माझ्ने ।
– पर्याप्त आराम पुगेन भने पनि धपेडीले पनी वाकवाकी हुन सक्छ ।
– कतिपय महिलालाई वाकवाकी, बान्ताले गर्दा केही कुरा पनि खान नसक्ने र पेटमा नरहने गरी जटिल छ भने तुरुन्त अस्पतालमा जाने ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

