Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

मकाउ पठाइदिन्छु भन्दै रकम ठगी, सोलुखुम्बुका युवक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २०
मकाउ पठाइदिन्छु भन्दै रकम ठगी, सोलुखुम्बुका युवक पक्राउ

काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ३४ वर्षीय सन्तोष गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ। गुरूङले १० जनालाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई मकाउ पठाईदिन्छु भन्दै पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स