Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

रवि लामिछानेविरुद्ध राप्रपा पनि खरो उत्रिँदै, सहकारी ठगी प्रकरणमा छानविन समितिको पक्षमा उभियो ।

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २८
रवि लामिछानेविरुद्ध राप्रपा पनि खरो उत्रिँदै, सहकारी ठगी प्रकरणमा छानविन समितिको पक्षमा उभियो ।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । संसद्मा लामो समयदेखि नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानविन समितिको पक्षमा अन्ततः राप्रपा पनि उभिएको छ । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा पनि छानविन समिति बनेकाले उक्त सहकारी ठगी प्रकरणमा छानविन समिति बनाएर निश्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे।

राप्रपाले हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरेको वृहत जनप्रदर्शनमा प्रहरी दमन भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध खरो उत्रिएका हुन् । गृहमन्त्री लामिछानेले सहकारीको ठूलो रकम अपचलन गरेको भन्दै कांग्रेसले संसद्मा लामो समयदेखि संसदीय छानविन समितिको माग गर्दै विरोध जनाउँदै आएको छ ।

‘सुशासन मुखमा होईन, व्यवहारमा गर्नुस्। अहिले पनि सहकारीमा लाखौं मानिस पीडित छन् । छानविन समिति बनाऔं । पहिला पनि हामीले छानविन समिति बनाएको हो। अब पनि बनाऔं,’– सांसद शाहीले भने ।

 

Top Changing Nepal

युट्युब सट्स