सुनिल गिरीको नयाँ गीत सार्बजनिक
काठमाडौं । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्रायस् आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् ।
यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो। 
‘‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालीगढले छिलेको’’ गीतमा युवा–युवतीले एकअर्काको रूपको खुलेर प्रसंशा गरेका छन्। यसको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय एवं नृत्य छ।
लुम्विनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई झनै आकर्षक बनाइएको छ । मेकिङका हिसाबले भिडियो स्तरीय लाग्छ। फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायक गिरीले यसपटक रोमान्टिक गीत नयाँ वर्षको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन्। भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो । गीत ‘सुनिल गिरी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

