राजा फर्किने कुरा सम्भव छैन : सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब नेपालमा राजा र राजसंस्था फर्किन असम्भव रहेको बताएका छन् । आज (आइतबार) स्वर्गीय सूर्यबहादुर थापाको स्मृति सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र र राजा फर्किन सम्भव नरहेको दाबी गरेका हुन् । सरकारमा को छ, को छैनभन्दा पनि संसारभर लागू भएको बहुदलीय व्यवस्था नेपालमा अझ सुदृढीकरण गरेर लैजानुपर्ने उनको भनाइ छ ।
को सरकारमा छ, को सरकारमा छैन भन्दा पनि अहिलेको महत्वपूर्ण कुरा के छ भने यो बहुदलीय व्यवस्था आएको छ । यसको सदृढीकरण आवश्यक छ । संसारभरी लागू भएको बहुदलीय व्यवस्था नेपालमा पनि लागू भएको छ । यसलाई अझ सुदृढ गर्दै जानुपर्छ,’– सभापति देउवाले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फ लक्षित गर्दै उनले केही मानिसहरु राजा फर्काउँछौं भन्दै हिँडेपनि त्यो असम्भव रहेको बताए । सभापति देउवाले वर्तमान व्यवस्थामा धेरै कुरा सुधारको गर्नुपर्ने आवश्यकता पनि औंल्याए । अहिलेकै निर्वाचन प्रणालीमा एकै पार्टीको बहुमत वा दुई तिहाइ सम्भव नभएकाले सुधार गर्नुपर्ने कुरालाई सहमतिमै टुङ्ग्याएर वर्तमान व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने उनको भनाइ छ ।
‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि फेरि राजा फर्काउन पर्यो भन्दै हिँडेका छन् मान्छेहरु । मलाई लाग्दैन राजा फर्किन्छ भनेर । यही व्यवस्थालाई सर्वस्वीकार्य बनाएर लैजाऔं । धेरै कुराहरु सुधार गर्नुपर्ने भएपनि यसमा सहमतिविना दुई तिहाइ चाहिन्छ । केही कन्फ्युजन छन् भने पनि यसलाई सुधार गर्ने ठाउँहरु छन् । राजा फर्काउने कुरा असम्भव देख्छु,’– उनले भने ।
सम्बन्धित समाचार
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

