एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो ।
यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य पछाएको कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाउदै ९१ रन मात्र बनाएको थियो । कम्बोडियालाई रोक्नेक्रममा ओमानका अकिब इलियासले ह्याट्रिकसहित चार विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गर्दै ओमानले ११ ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो ।
यो ओमानको लगातार दोस्रो जित हो । यसअघि ओमानले आफ्नो पहिलो खेलमा बहराइनलाई ३ रनले पराजित गरेको थियो । यो जितपछि ओमानको समुह बी मा २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै कम्बोडियाले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि कम्बोडिया आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो । यो हारपछि कम्बोडियाको २ खेलमा शुन्य अंक रहेको छ ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

