रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितीले दुई खेलको प्रतिबन्ध लगाएको हो । सो खेलमा रोनाल्डोले अल हिलालका खेलाडीलाई धक्का दिएर लडाएपछि रातो कार्ड पाएका थिए । साथै रेफ्रीले रातो कार्ड दिएपछि रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अल नासरका अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका छन् । रोनाल्डोको यस सिजनमा उत्कृष्ट प्रदर्शन रहेपनि अल नासर भने ट्रफी विहीन बन्ने भएको छ । साउदी लिगमा अल हिलालसँग १२ अंकले पछाडी रहेको अल नासर एशियन च्याम्पियन्स लिगमा पनि बाहिरिएको छ ।
रोनाल्डो अब अल नासरका लागि मे १ मा अल खालीजविरुद्ध किंग कपको सेमिफाइनलमा खेल्ने छन् ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

