बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै
महोत्तरी । नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक बर्षको ६ र ७ बैसाखमा संचालन हुँदै आएको छ । सोही अनुसार महोत्तरीमा यस्को व्यापक तयारी गरिएको छ । जिल्लाका १५ वटै स्थानिय तहहरुमा ६ महिना देखि ५९ महिनासम्मका वालवालिकाहरुलाई निर्धारित मितिमा भिटामिन ए क्याप्सुल जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्को लागी जिल्लाभर स्वास्थ्यकर्मीहरुलाई तयार वनाईसकिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी कि फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिईन । शरीरलाई स्वस्थ-तन्दुरुस्त राख्न र उचित विकास गर्न महत्त्वपूर्ण मानिएको भिटामिन ए क्याप्सुलसगैँ जुकाको औषधि समेत खुवाईने जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक पत्रकार सम्मेलनका विच कार्यतालिका नै सार्वजनिक गरेको छ ।
जिल्लाको कुल जनसंख्या मध्ये ५० हजार भन्दा वढी उक्त उमेर समुहका वालवालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाईनेछ भने जुकाको औषधि १ देखि ५ बर्षसम्मका वालवालिकालाई खुवाइनेछ ।
बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याका साथै उनीहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी आउने भएकाले यो खुवाउन महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरु वताउछन ।
स्वास्थ्यकर्मी तथा फोकल पर्सन सिंहका अनुसार भिटामिन ए कै कमिको कारण दाँत र हड्डीको पर्याप्त विकास हुन पाउँदैन भने ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर अरु बच्चाको तुलनामा ४ गुणा उच्च हुने गर्दछ ।
नेपालमा सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर उच्च थियो जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि भएको एक अध्यणले देखाएको छ । १९९३ देखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्षमुनिका बालबच्चाको मृत्युदर क्रमश: घट्दै गएको तथ्यांकले देखाएको छ ।
महोत्तरीमा आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन र समबन्धित पालिकाको स्वास्थ्य साखामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन ।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

