कम उमेरका युवतीमा किन देखिंदैछ स्तन क्यान्सर ?
छालाको क्यान्सरपछि महिलाहरूमा धेरै देखिने स्तन क्यान्सर हो । ४० देखि ४४ वर्ष उमेरका महिलामा बढी देखिने यो क्यान्सरले अहिले कम उमेरका युवतीहरुलाई पनि असर गरिरहेको छ । हालै गरिएको एक अनुसन्धानअनुसार ४० वर्ष वा सोभन्दा कम उमेरका महिलामा स्तन क्यान्सरका केसहरू पाइएको छ तर सेकेन्ड प्राइमरी स्तन क्यान्सरको जोखिम भने घट्दै गएको छ ।
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार पछिल्लो केही वर्षयता स्तन क्यान्सरबाट हुने मृत्युदर लगातार घट्दै गएको छ । नियमित चेकअप र उचित उपचारले क्यान्सरबाट मृत्युको जोखिम कम हुँदै गएको बताइन्छ । साथै प्रारम्भिक पहिचानको मद्दतले स्तन क्यान्सर जस्ता घातक रोगबाट बच्न सकिन्छ ।
अध्ययनले के भन्छ ?
हार्वर्ड पब्लिक हेल्थको स्तन क्यान्सर अध्ययनमा ४० वर्ष वा सोभन्दा कम उमेरका १ हजार २९७ जना महिला समावेश थिए । अगस्ट २००६ देखि जुन २०१५ सम्म शून्यदेखि तेस्रो चरणको क्यान्सरको निदान गरिएको थियो । जसमा कुल ६८५ महिलाले प्राथमिक शल्यक्रिया गरेको पाइयो । उनीहरुले ‘मास्टेक्टोमी’ या ‘लम्पेक्टोमी’ शल्यक्रिया गरेका थिए ।
१० वर्षको अन्तरालपछि यीमध्ये १७ महिलामा दोस्रो प्राथमिक स्तन क्यान्सरका केसहरू फेला परेका थिए । १७ बिरामीमध्ये दुईलाई ‘लुम्पेक्टोमी’पछि स्तनमा ‘इप्सीलेटरल’ क्यान्सर भएको थियो ।
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार उमेर बढ्दै जाँदा स्तन क्यान्सरको जोखिम पनि बढ्छ । वास्तवमा धेरैजसो क्यान्सरका केसहरू ५० वर्षको उमेरपछि मात्रै भेटिन्छन् र पुरुषमा भन्दा महिलामा यसको प्रकोप बढी हुन्छ ।
स्तन क्यान्सर संगठनको अध्ययनअनुसार प्रत्येक ४३ महिलामध्ये १ जना ५० वर्षको उमेर पुगेपछि स्तन क्यान्सरको सिकार हुने गरेको देखिएको छ । ६० वर्षको उमेरमा प्रत्येक २९ महिलामा एक जना प्रभावित हुन्छन् र ७० वर्ष पुग्दा यो जोखिम बढेर प्रत्येक २६ महिलामा एक जनामा पुग्छ ।
सानै उमेरमा स्तन क्यान्सर देखिनुको कारण
आनुवंशिक उत्परिवर्तन
रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार आनुवंशिक उत्परिवर्तन स्तन क्यान्सरका लागि जोखिम कारक साबित हुन्छ । बीआरसीए १ र बीआरसीए २ जस्ता जीन प्राप्त गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढ्छ ।
प्रारम्भिक यौवन
नेसनल इन्स्टिच्युट अफ हेल्थको २०१७ को अनुसन्धान अनुसार महिनावारी १२ वर्षको उमेरअघि सुरु हुने र ५५ वर्षको उमेरपछि रजोनिवृत्ति हुँदा स्तन क्यान्सरको जोखिम बढ्न सक्छ । एस्ट्रोजन हार्मोनका कारण महिनावारी साइकल प्रभावित हुन्छ । यसबाहेक ती महिलाहरू, जसको पहिलो बच्चा ३० वर्ष वा सोभन्दा पछि जन्मिएको थियो उनीहरुमा पनि स्तन क्यान्सरको जोखिम बढ्छ ।
विकिरण उपचार
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार ३० वर्षको उमेर नपुग्दै कुनै पनि कारणले छाती र स्तनमा रेडिएसन थेरापी लिएका महिलामा पनि स्तन क्यान्सरको जोखिम बढ्छ ।
स्तन क्यान्सरको लागि के कस्ता परीक्षण गर्नुपर्छ ?
मेमोग्राम
स्तनको एक्स–रेलाई मेमोग्राम भनिन्छ । यसको मद्दतले स्तन क्यान्सर पत्ता लगाउन सजिलो हुन्छ । सीडीसीका अनुसार नियमित मेमोग्राम गराउनाले स्तन क्यान्सरबाट हुने मृत्युको जोखिम कम हुन्छ । मेमोग्रामले क्यान्सरको निदान गर्न मद्दत गर्छ र लक्षणहरू गम्भीर हुनुअघि यसको उपचारमा पनि मद्दत गर्छ ।
‘म्याग्नेटिक रेसोनेन्स इमेजिङ स्क्यान’ अर्थात् एमआरआई
चुम्बक र रेडियो तरंगबाट परीक्षण गरिने विधि हो एमआरआई । स्तन क्यान्सरको उच्च जोखिममा रहेका महिलाका लागि मेमोग्रामसँगै स्तन एमआरआई प्रभावकारी हुन्छ । एमआरआईले स्तन क्यान्सरको निदान गर्न सहयोग गर्छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

