पशुपतिमा अब यसरि बिजुली बाटै शव जलाइने -जानकारी केन्द्र
पशुपति क्षेत्र विकास कोषमा निर्माण सम्पन्न भएपछि विद्युतीय शवदाह गृह आइतबारबाट संचालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरलले पशुपति परिसरमा शवदाह भवनको उद्घाटन गरे। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले ३३ वर्षको लामो संघर्षपछि सो भवनको निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सुरुमा ६ महिनसम्म २४ घण्टै सो सेवा सञ्चालन गर्ने तयारी रहेको जानकरी दिए। आर्दश निर्माण मन्दिर र माडबाडी सेवा समितिले वेवारिसे शवको पैसा दिएर सहयोग गर्ने आजै घोषणा गरेको छ। सरकारले पशुपतिका साथै ललितपुर, बल्खुलगायतका स्थानमा विस्तार गर्ने तयारी समेत रहेको छ। विद्युतीय सवदाह भवनमा दैनिक ४० लास जलाउन सकिन्छ। विद्युतीय मेसिनबाट एक शव जलाउनका लागि ४५ मिनेटको समय लाग्छ। परम्परागत दाउराबाट शव जलाउन चार/पाँच घण्टा लाग्छ। अहिले विद्युतीय शव दाह मेसिन दुई वटा रहेका छ। यो सस्तो पनि छ। परम्परागत रुपमा रु आठहजार देखि १० हजारसम्म लाग्नेमा विद्युतबाट रु तीन हजार रुपैयाँ लाग्छ। नेपाल सरकारको अनुदानमा पशुपति क्षेत्र विकास कोषले विद्युतीय शव दाह भवन निर्माण गरेको हो। रु ११ करोडको लागतमा सम्पूर्ण कार्य पूरा भएको कोषका सदस्य सचिव टण्डनले जानकारी दिए।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


