स्वाश्थ्य क्षेत्रमै पहिलो पटक नाैलो जमर्को, सोच लाइ रोकेन संकटले, नेपालमै किन नगर्ने
जानकारी केन्द्र
२०७२, माघ, २९
नेपालमै गर्दा के हुदैन भन्ने उदाहरण न्युरो साइन्स सोसाइटी नेपाल (एन. एस. एन.)नामक गैरनाफामुलक संश्थाले प्रस्तुत गरेको छ । संसार भरि छरिएर रहेका नशा सम्बन्धि अध्यायन अनुसन्धान गर्ने संघठनहरूको साझा छाता संघठन इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेशन (अाइ. बि. अार. ) नामक सश्था सँगको सहकार्यमा नेपालमै पहिलो पटक न्युरो साइन्स सोसाइटि नेपालले विश्वका न्युरोसाइन्सका बरिष्ठ प्रोफेशर, अनुसन्धानकर्मी, न्युरोलोजिष्ट,न्युरो सर्जन, न्युरो बैज्ञानिक हरूको सहभागितामा साता ब्यापि अनुसन्धान गोष्ठि नगरकोटमा माघ २६ गते देखि फागुन २ गते सम्म संचालन भैरहेको जानकारी एन.एस.एन.का पदाधिकारीहरूले दिएका छन।
उत्त अनुसन्धात्मक गोष्ठिमा सहभागी हुन विश्वबाटनै १५४ जनाको अावेदन अाएका मध्येबाट २१ जना लाइ छनैट गरीएको र छनाैट गरीएको तथा २१ मध्ये १३ जना नेपाल बाटै प्रतिनिधित्व गर्न सफल हुनुभएकोले नेपालका लागी यो निकैनै उपल्ब्धिमुलक हुने अपेक्षा लिएको एन.एस. एन.का अदक्ष डा. सुनिल ढुङ्गेलले बताए यो गोष्ठि खास के का लागि ? भन्ने प्रष्नमा एन एस एनका पदाधिकारी हरूको जबाफ यस्तो थियो चिकित्सा शिक्षा सैधान्तिक मात्र नभएर प्रयोगात्मक र अनुसन्धात्मक हुन जरूरि हुन्छ तर ज्ञान छ प्रयोग र अनुसन्धान गर्ने वातावरणनै छैन भने र सम्बन्धित पक्ष वा निकायले त्यस तर्फ ध्यान नदिइ रहेको प्रतक्ष अनुभव भैरहेको अवश्थामा चिकित्सा क्षेत्रमा खास गरी नशा जस्तो संवेदनशिल अंगका सम्बन्धमा गुणात्मक भन्दा पनि परिणात्मक चिकित्शा शिक्षाको विकास हुन शकोस भन्ने उदेश्यले हामिले नेपालमै अध्यानसँगै अनुसन्धान र प्रयोग गर्न सकिन्छ भन्ने वातावरणको सृजना गर्ने अपेक्षा लिएर यस प्रकारको गोष्ठि नेपालमा पहिलो पटक अयोजना गरेका हाै। यस गोष्ठिको खास उदेश्य चैं नेपाल लगायत एसिया प्रशान्त क्षेत्रका न्युरोसाइन्स ( नशा सम्बन्धि अध्यायन अनुसन्धान )मा रूचि राख्ने युवा अनुसन्धान कर्मीलाइ न्युरोसाइन्स तथा विषेशगरी न्युरोइन्डोक्राइनोलोजिमा सैधान्तिक र नविनतम अनुसन्धन सम्बन्धि ज्ञान प्रचार गर्नु रहेको छ
नेपालमा भुकम्प जानु भन्दा अघाडिनै यो कार्यक्रम अयोजना गर्ने तयारी गरीएको भए पनि देशको भुकम्प लगायत अन्य संकटको कारणले केहि ढिला भए पनि नेपालका लागि यो निकै नै राम्रो अवशर भएकोले काम पुरा गरेरै छोड्ने अठोटलाइ नछोडि बिभिन्न समस्याहरूका वाबजुद पनि कार्यक्रम संचालन भएकोमा संचालकहरू निकै हर्षित देखिएका छन ।
यो गोष्ठिको अयोजना गर्ने संश्था न्युरो साइन्स सोसाइटी नेपाल नामक चै कस्तो प्रकारको संश्था हो त ? भन्ने प्रष्नमा यस संश्थाका पदाधिकारीहरूको जवाफ यस्तो थियो, नेपालमा न्युरोसाइन्स सम्बन्धि तालिम र अनुसन्धान अघि बढाउने र नव जनशत्तिलाइ शसत्तिकरण गर्ने उदेश्यले यस संश्थाको स्थपना गरिएको हो । यहि उदेश्य अनुरूप यस कार्यक्रमको अयोजना गर्न लागिएको हो। न्युरो साइन्स सोसाइटी नेपाल (एन.यस.एन.) पनि इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेशन (अाइ. बि. अार. ) को सदस्य छ । संश्था चै कसरि चलेको छ त ? भन्ने प्रष्नमा संश्था अाफैमा अर्थिक रूपले कमजोर त छदैछ संश्थाकै सदस्यहरूको तलव र व्यतिगत खर्चबाट चलिरहेको छ। तर उदेश्य पुरा गर्न जस्तो सुकै चुनैति पार गर्न तयार भएको संश्थाका उपादक्ष डा. अजय जंग कुँवरले बताए
नेपालमा पनि स्वास्थय क्षेत्रमा धेरैनै विज्ञ चिकित्सकहरू रहेका र काम गर्ने वातावरणको अभावमा विदेशिनु पर्ने बाध्यता महशुस भैरहेको अवश्थमा विदेश बाट अध्यायान गरेर फर्कनु भएका तथा स्वदेशमै अध्यायन गरेर बिभिन्न चुनैतिहरूका विच पनि स्वदेशमै किन केहि नगर्ने ? अफुहरू अहिले जुन अवश्थामा भए पनि भोलिको पिंढिले अवशरको खोजिमा भैतरिन नपरोस भन्ने भावनाका साथ यो अश्थालाइ यतिकै छोडेर क्षणिक लाभमा नलागि पछिको पुस्तालाइ पनि यहि अवश्थामा रूमल्लिन नपरोस कमसेकम एउटा वातावरण निर्माण गर्नु हम्रो कर्तव्य ठानेर संश्थागतरूपमा नै यो प्रयास गर्दै छाै हाम्रो प्रयास भोलिका दिनमा पनि जारि रहने विश्वाश दिलाउछाै या अहिले अवश्था जे भए पनि भोलिको लागि एउटा अाधर निर्रमाण गरिदिने भन्ने द न्युरो साइन्स सोसाइटी नेपाल (एन.यस.एन) सदस्यहरू भनाइ छ यस संश्थाका संचालकहरूको भावनाले भने राजनितक भाषण सुनिने गरेको देशमै दक्षजनशत्ति उत्पादन गरेर स्थानिय स्रोत र साधनको उपोग गर्दै देशको विकासले नयाँ फड्को चाल्ने छ भन्ने कुरा उहाँहरूले बोलि मात्र नभएर व्यवाहारमै देखाइरहनु भएको छ यस्तो सहराहनिय कामलाइ प्रोताहित गर्न सम्बन्धित निकायको ध्यान जान जरूरि देखिन्छ ताकि स्वदेशमै क्षणिक लाभका लागि मात्र नभएर दिर्घकालिन सोचका साथ भोलीको समृदध् नेपाल निर्माणमा लागि पर्ने तथा विदेशको क्षणिक मोह लाइ त्यागेर अफुले जानेका बुझेका अनुभव बाट स्वदेशमै दिर्घकालिन अधार निर्माण गर्न लागि पर्नुहुने सम्बन्धित क्षेत्रका विज्ञहरूलाइ हामि सबैले सक्दो सहयोग गर्नै पर्छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


