एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ ।
शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै प्यानल बनाएर चुनाव लड्न राक लगाउने उल्लेख गरेका छन् । ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समुह बनाएर निर्वाचन लड्न पाइने छैन्’ अपानिमा भनिएको छ ।
त्यस्तै महाधिवेशनमा १८७८ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
एकीकृत समाजवादीक भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।
त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहनेछन् ।
त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् । एकीकृत समाजवादी ०७८ सालमा एमालेबाट फुटेर नयाँ दल बनेको भएपनि एमाले हुदाकै अवस्थालाई निरन्तरता दिदै १०औं महाधिवेशन गर्दैछ ।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

