Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा भेटियो, सबैको मृत्यू

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, १२
तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा भेटियो, सबैको मृत्यू

तारा एयरको विमान म्याग्दीको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भन्ने जंगलमा भेटिएको हो । विमान आगो लागेको अवस्थामा भेटिएको हो । विमानमा सवार सबैको २३ जनाको मृत्यू भएको बताईएको छ । पर्यटन मन्त्री आनन्द पोख्रेलले दुर्घटनाको पं्रकृति हेर्दा कोही पनि जिवित नभएको रिपोर्ट आएको बताएका छन । । दुर्घटना स्थल बेनि जोमसोम सडक खण्ड अन्र्तगत पर्ने रुप्से झरनाबाट चार–पाँच घण्टाको उकालोमा रहेको छ ।
पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको ९ एनएएचएच ट्वीनअटर विमान सम्पर्कविहीन बनेको थियो ।
उक्त विमान बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए । विमानको कोपाइलट दिकेश नेमकुल र एअर होस्टेस रमा रावल छिन् ।

यसैगरी विमानमा थेन्जोङ गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल र विनिता भट्टचन सवार रहेका छन् ।

सम्पर्कबिहीन रहेको विमानमा बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन, मोतीबहादुर केसी र दुई नाम नखुलेका शिशु रहेका छन ।

naima expoTop Changing Nepal

युट्युब सट्स