Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कांग्रेसको सभापति पदका लागि देउवा लाइ ११ भोटले पुगेन,सिटौला बाहिरिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, २४
कांग्रेसको सभापति पदका  लागि देउवा लाइ ११ भोटले पुगेन,सिटौला बाहिरिए

कुनै पनि उम्मेदवारले ५० प्रतिसत भन्दा बढी मत ल्याउन नसकेपछि नेपाली काग्रेसको सभापति पदकोलागि सोमबार पुनः निर्वाचन हुने भएको छ ।
आईतवार भएको निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले सबैभन्दा बढ िमत ल्याउन । उनले कुुल खसेको ३ हजार १४८ मत मध्ये १ हजार ५ सय ६४ मत ल्याएका छन । विजयी हुन उनले १ हजार ५ सय ७५ मत ल्याउनु पर्ने थियो । विजयी हुनबाट उनी जम्मा ११ मतले चुके ।
देउवा पछि सबैभन्दा बढी मत अर्का प्रत्यासी रामचन्द्र पौडेलले प्राप्त गरे । उनले १ हजार १५४ मत प्राप्त गरे । अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले भने मात्र ३२४ मत ल्याए । अब पहिलो र दोस्रो हुने देउवा र पौडेललवीच पुनः प्रतिष्पर्घा हुने छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स