Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १७
एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आज (आइतबार) शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो ।

यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।

यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स