Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

काठमाडौंका विभिन्न स्थानमा आज तीनदेखि ६घन्टा विद्युत् सेवा अवरुद्ध हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, ३०
काठमाडौंका विभिन्न स्थानमा आज तीनदेखि ६घन्टा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरूद्ध हुने भएको हो।

सिंहदरबार २ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिषरभित्रका सबै मन्त्रालय, सिंहदरबारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरूद्ध हुने छ। ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशनबाट पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्बासी वस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

ती क्षेत्रहरूमा भूमीगत केबल चार्जका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिरकरणले जनाएको छ। समयअगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स