पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा खराबी
पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा खराबी आएको छ। उक्त वायुको प्रभावले देशका अधिकांश भागमा बदली हुनुका साथै पश्चिमका केही भेगमा वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
“मौसम बदली आज दिनभर रहन्छ, खासगरी पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ । काठमाडौँ उपत्यकामा साँझपख क्षणिक वर्षा हुने देखिन्छ” उनले भनिन्। पश्चिमका अधिकांश भेगमा आइतबारदेखि नै क्षणिक वर्षा हुने क्रम जारी रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानदेखि सोमबार बिहानसम्म दिपायलमा ३० मिलिमिटर, धनगढी र वीरेन्द्रनगरमा २२ समान मिलिलिटर वर्षा भएको छ। नेपालगन्ज, दाङ, जुम्ला, डडेलधुरालगायतका स्थानमा पनि हल्का वर्षा भएको छ।
देशको पश्चिमी भेगबाट आइतबारदेखि नै सक्रिय प्रणाली अहिले क्रमशः पूर्वतर्फ सरेको भए पनि पश्चिमका अधिकांश भेगमा आज पनि बदली भएको छ।
काठमाडौँ उपत्यकासहित देशभरको मौसममा भोलि बिहान केही सुधार आए पनि दिउँसो पुनः बदली हुने र बुधबारदेखि मात्र मौसममा सुधार आउने मौसमविद् कँडेलको भनाइ छ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.५ र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियसको हाराहारीमा रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


