न्युयोर्कलाई हाइड्रोज बमले ध्वस्त पार्ने उत्तर कोरियाको धम्की
उत्तर कोरिया र अमेरिकाबीचको वाकयुद्धले तीव्रता पाएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले यसपटक अमेरिकाको न्युयोर्क सहरमै बम बिस्फोटन गराउने धम्की दिएका छन् । न्युयोर्कमा हाइड्रोजन बम खसाल्ने चेतावनी नेता किमले दिएको दक्षिण कोरियन एजेन्सीले जनाएका छन् । नेता किमले अहिलेसम्मकै कडा टिप्पणी अमेरिकालाई दिएको जनाएको छ । ‘उत्तर कोरियामाथि धेरै अन्याय भए , हामी न्युयोर्कलाई हाइड्रोजन बमले उडाउँछौं,’ उत्तर कोरियन एजेन्सीको समाचार उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सीले सोमबार सम्प्रेषण गरेका छन् ।
उत्तर कोरियन नेता किमले अमेरिका र दक्षिण कोरियाले आयोजना गरेको संयुक्त सैनिक अभ्यास मन पराएका छैनन् । अमेरिका र दक्षिण कोरिया उत्तर कोरियालाई जिस्क्याउन मनसायले सैनिक अभ्यास निरन्तर गरिराखेका छन् । नेता किमले यसलाई तत्काल रोक्नुपर्ने पनि बताएका छन् । तर, दुवै पक्ष मान्न तयार देखिँदैनन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


