एस क्युब इन्टरप्राईजेजले नेपालमा भित्राएको हेनरी भोल्टस एच मोडलको यस्तो छ मुल्य सहित सम्पुर्ण जानकारी, हेर्नुहोस समाचार
काठमाडौँ । नेपालमा हेनरी भोल्ट्स इलेक्ट्रिक गाडिको आधिकारीक वितरक एस क्युब इन्टरप्राईजेजले हेनरी भोल्ट्स मोडल एच सार्वजनिक गरेको छ । यो कार नेपालि बजारमा उपलब्ध रहेका कार मध्ये सबैभन्दा सस्तो ईलेक्ट्रिक कार हो ।
यस मोडल एच कार सम्बन्धि कुरा गर्नु पर्दा कारमा ३४ किलोवाटको पर्मानेन्ट म्याग्नेट भएको सिंक्रोनस मोटर रहको छ भने ह्विलवेश २४४० एमएम पाउन सकिन्छ । त्यस्तै गरी कारको म्याक्स पावर ४६ पि एस र म्याक्स टर्क १०२ एनएम रहेको छ । कम्पनिका अनुसार कारको टाइप रेयर ह्विल ड्राईभ रहेको र कारले प्रति घण्टा १०० किलोमिटर टप स्पिड प्रदान गर्ने पनि बताएको छ । १६.५ किलोवाटको लिथियम आयन फास्फेट ब्याट्रि क्यापासिटि रहेको यस कारले रेन्ज भने २०५ किलोमिटर दिने छ । ब्याट्रिको चार्जिङ् टाईमको कुरा गर्दा ३.३ किलोवाटको एसि चार्जरबाट फुल चार्ज गर्न ३० मिनेट र ५ घण्टा लाग्ने छ ।
यस हेनरी भोल्ट्स एच मोडलको अगाडि डिस्क टायर र पछाडिको टायरमा ड्रम टायर भएको ट्युवलेस टायर पाउन सकिनेछ । कारमा एबिएस इबिडि र टिपिएमएस को सेफ्टि सिस्टम रहेको छ । ४ सिटिङ क्यापासिटि रहेको यस कारमा ग्राउन्ड क्लियरेन्स १६५ एमएम र जम्मा स्टोरेज स्पेस १०० लिटर पाउन सकिन्छ ।
कारमा म्याकफसर्न स्ट्रट र फाइभ लिङक सोलिड एक्सल भएको सस्पेन्सन जडान गरिएको छ । कोक, हरियो, सेतो, रातो र खैरो कलरमा उपलब्ध यस कारको जम्मा तौल ७९५ केजि रहेको छ ।
एच मोडलको कारको मुल्यको कुरा गर्नुपर्दा मुल्य रु.२१ लाख ५० हजार रहेको कम्पनिले बताएको छ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

