Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

फिफा र्याङकिङमा नेपाल छैठाैं स्थानमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, २५
फिफा र्याङकिङमा नेपाल छैठाैं स्थानमा

फिफा र्‍याङकिङमा छ स्थान सुधार गर्दै नेपाल १७९औं स्थानमा उक्लिएको छ। गत महिनाको र्‍याङकिङमा नेपाल १८५ औं स्थानमा थियो। विश्व फूटबल संघ (फीफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ र्याङकिङ अनुसार ८० अंक प्राप्त गर्दै नेपाल ६ स्थान माथि उक्लिएको हो।

दक्षिण एसियाली मुलुकहरू मध्ये अफगानिस्तान सबैभन्दा माथि रहेको अफगानिस्तान १४७ औं स्थानमा छ। नेपाल भन्दा माथि रहेका माल्दीप्स १६०औं स्थानमा, भारत १६२ औं स्थानमा र बंगलादेश १७७ औं स्थानमा छन्। दक्षिण एसियाकै भूटान १८६ औं स्थानमा, श्रीलंका १८७ औं स्थानमा र पाकिस्तान १९०औं स्थानमा छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स