साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको बर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेलपनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।
नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल र बंगालदेश यस प्रतियोगीताको एकै समुह ए मा रहेका थिए । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले अहिलेसम २०१५ र २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बंगलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बंगलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

